काठमाडौं– नेपालमा शनिबार उपत्यकाका १८६ सहित ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सो जानकारी दिएका ह्ुन् ।
पछिल्लोपटक ५ सयभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका जिल्ला पनि थपिएका छन् ।
शनिबारसम्ममा ५ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, रौतहट, काठमाडौं र ललितपुर छन् ।
मुस्ताङ र हुम्लामा भने संक्रमितको संख्या शून्य रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।