देश र पार्टीको हितका लागि भन्दै पौडेलले सारे दश एजेन्डा

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश र पार्टीको हितका लागि भन्दै दश एजेन्डा अघि सारेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत नारा सार्वजनिक गरेका नेता पौडेलले वर्तमान विधान लागू गर्नेदेखि पार्टी कार्यकर्ताले कांग्रेसको विधान पालना गर्ने–गराउनेसम्म नारा अघि सारेका छन् ।

उनले भनेका छन्, ‘मैले नारा मात्र नलगाएको हो । भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु । प्रचारको कमी हुन सक्छ ।’

आफूले सार्वजनिक गरेका नाराले नेपालको उन्नतिको बाटो देखाउने, नेपालमा सुशासन लागू गराउने, नेपालको असंलग्नता र तटस्थतालाई बचाउने उनको दाबी छ । 

पौडेलका १० एजेण्डा

१ नेपालको वर्तमान संविधान लागु गर्ने ।



२ नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने ।

३ नेपालको उन्नतिको बाटो देखाउने।



४ नेपालमा सुशासन लागु गराउने।

५ नेपालको असंलग्नता र तटस्थतालाई बचाउने।

६ नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने ।

७ कम्युनिस्ट भ्रम र शब्दजालबाट नेपाली जनतालाई मुक्त गराउने ।

८ नेपाली जनतामा देशभक्तिको भावना जगाउने ।

९ नेपाली संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने ।

१० नेपाली कांग्रेस विचार शून्य र दिशा बिहिन छैन भन्ने सावित गराउने ।

  • प्रकाशित मिति : भदौ १३, २०७७ शनिबार १९:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया