सन्दीपका दुई विकेट, जमैकाको जित

क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा नेपाली बलर सन्दीप लामिछानेले राम्रो प्रदर्शन गर्द उनको टिम जमैका तलावाजले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समाथि जित निकालेको छ । 

नेपाली समयअनुसार शनिबार राति भएको खेलमा जमैकाले ३७ रनको जित निकालेको हो । 

पहिले ब्याटिङमा उत्रिएको जमैकाले प्याट्रियट्सलाई १ सय ४८ रनको लक्ष्य दिएको छ । तर, उसले १९.४ ओभरमा १ सय १० रनमा चित्त बुझाउनु पर्यो । 

१२ औं ओभरमा पहिलो पटक यो खेलमा बलिङका लागि पुगेका सन्दीपले पहिलो ओभरमा औसत प्रदर्शन गरे । त्यसपछि फेरि १४ औं ओभरमा बलिङ गरेका सन्दीपले १० रन खर्चिए । त्यसपछि १६ औं ओभरमा बलिङमा आएका सन्दीपले आफ्नो पहिलो विकेट लिए । कप्तान रोभमान पवेलबाट उनले प्याट्रियट्सका लुईसलाई क्याच गराए । 

सन्दीपको अन्तिम तथा १८ औं ओभरको खेलमा सन्दीपले ८ बल दिँदै अर्को एक विकेट लिए ।





  • प्रकाशित मिति : भदौ १४, २०७७ आइतबार ५:२०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया