चितवनको निषेधाज्ञा हटाउन माग

निषेधाज्ञाले समग्र अर्थतन्त्रलाई नै नकारात्मक असर पारेको भन्दै चितवनमा उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका छन् ।

सुरक्षाका अधिकतम उपाय अपनाएर उद्योग, व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धतासहित निषेधाज्ञा हटाउन माग गर्दै विभिन्न १६ व्यवसायिक संगठनका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

पटक पटकको निषेधाज्ञाले आपूर्ति श्रृङ्खला टुट्न जाने र मानिसमा रोगभन्दा पनि भोक र तनावले गम्भीर अवस्था आउने भन्दै गम्भीर ध्यानाकर्षण गराएको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले बताए ।





  • प्रकाशित मिति : भदौ १४, २०७७ आइतबार १५:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया