नेपालमा कोरोनाभाइरसः दुई हजारभन्दा बढी संक्रमित भएका दुई जिल्ला

पछिल्ला केही दिन यता नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । 

शनिबार र आइतबार दुई दिनलाई जोड्ने हो भने दुई दिनमा मात्र नेपालमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । शुक्रबार पनि नेपालमा कोरोना संक्रमितको संख्या एक हजारले बढेको थियो । 

आइतबार चाहिँ नेपालमा १२२१ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

अहिलेसम्म नेपालमा ३८ हजार ५ सय ६९ जनाभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यीमध्ये २० हजार ८ सय २२ ले कोरोना जितेका छन् । यसको अर्थ हो, अब नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजारभन्दा बढी छ ।

नेपालका दुई जिल्ला सबैभन्दा बढी कोरोनाबाट प्रभावित भएका छन् । ती हुन्, काठमाडौं र पर्सा । संक्रमित र धेरै मृत्युको आधारमा पनि यी दुई जिल्ला सबैभन्दा बढी प्रभावित जिल्ला भएका हुन् । 

आइतबार अबेरसम्मको तथ्यांकअनुसार काठमाडौंमा अब कोरोनाभाइरस संक्रमितको संख्या ३ हजार ४ सय ५५ पुगेको छ । काठमाडौंमा अहिलेसम्म १ सय १० जनाले मात्र कोरोना जितेका छन् । अनि काठमाडौंमा कोभिड १९ का कारण १८ जनाले ज्यान गुमाएका छन् ।



संक्रमित संख्याको आधारमा दोस्रो र मृतकको संख्याको आधारमा पहिलो नम्बरमा आउँछ, पर्सा । पर्सामा आइतबार अबेर रातिको तथ्यांकअनुसार २ हजार १ सय ८९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । अनि अहिलेसम्म पर्सामा ३२ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । पर्सामा अहिलेसम्म १ सय ७६ जनाले मात्र कोरोना जितेका छन् ।



  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १:३२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया