सचिवालय बैठकअघि आफूनिकट नेतासँगको परामर्शमा प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवाद अब समाधान उन्मुख छ । पछिल्लो समय नेकपामा यो विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाइएको थियो । 

कार्यदलले दिएको प्रतिवेदनका आधारमा अब नेकपामा विवाद समाधान हुने अनुमान धेरैले गर्न थालेका हुन् । 

कार्यदलले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएपछि नेकपाले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठकमा यो कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

१७ गतेका लागि बोलाइएको सचिवालय बैठकअघि नेकपाका शीर्ष नेताहरु चाहिँ छलफलमा जुटेका छन् । यसअघि यो कार्यदलले बुझाएको प्रतिवेदनमाथि नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाइसकेका छन् । कार्यदललमा आफूनिकट दुई नेता सुरेन्द्र पाण्डे र भीम रावल भए पनि आफूहरुले लामो समय देखि उठाउँदै आएको एक व्यक्ति एक पदको विषयमा यो प्रतिवेदनले केही उल्लेख नगरेको भन्दै माधव नेपाल पक्षधरले असन्तुष्टि जनाइसकेको छ ।

माधव नेपालले त यो कार्यदलको प्रतिवेदनमा दुवै अध्यक्षले सहमति जनाएकाले त्यसलाई असान्दर्भिक गठबन्धन भन्दै आफूनिकट नेताहरुसँग छलफल गरिसकेका छन् ।

उता, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सचिवालय बैठकअघि आफूनिकट नेताहरुसँग छलफल गर्न थालेका छन् । ‘अहिलेको प्रतिवेदनलाई कसरी लिने र अर्का अध्यक्षले अहिले हुने सम्झौता कार्यान्वयनमा कत्तिको जिम्मेवार रुपमा लिनुहुन्छ भन्ने विषयमा उहाँले केही नेताहरुसँग छलफल गर्नु भएको हो,’ प्रचण्डनिकट एक नेताले फरकधारलाई बताए ।





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १०:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया