तत्काल राजीनामा होइन, रणनीतिमा पौडेल समूह

सोमबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उनको समूहका नेताहरुले राजीनामा गर्न लागेको चर्चा विभिन्न सञ्चारमाध्यममा आए । विभिन्न विभाग गठनपछि सभापति शेरबहादुर देउवासँग असन्तुष्ट रहँदै पौडेलले यस्तोखाले धम्की पनि दिँदै आएका छन् । यस्तो हल्ला चल्नुको मुख्य कारण हो, पौडेल समूहले महाधिवेशनका लागि रणनीत तय गर्न गठन गरेको कार्यदलले दिएको प्रतिवेदन ।

पौडेल पक्षले गत बिहीबार एउटा भर्चुअल बैठक गरी केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियार सम्मिलित एक् कार्यदल बनाएको थियो । 

सो कार्यदलको एउटा सुझाबमा सभापति देउवाले मनोनीत गरेका केन्द्रीय सदस्यहरुले राजीनामा गर्ने सुझाब पनि दिइएको छ । त्यसै प्रतिवेदनलाई आधार मानेर पौडेललगायतले राजीनामा गर्न लागेको भन्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको बुझिएको छ । 

तीन सदस्यीय समितिले देउवालाई गलाउनका लागि धर्ना, रिले अनसन र आमरण अनसन र देउवाद्वारा मनोनीत केन्द्रीय सदस्यको राजीनामासम्मको सुझाब पेस गरेको छ । तर, तत्काल राजीनामा भन्दा विरोधका अन्य कार्यक्रमलाई अघि बढाउने रणनीतिमा आफूहरु रहेको पौडेलनिकट एक केन्द्रीय सदस्यले बताए । 

सुरुमा देउवालाई गलत निर्णय सच्याउन अल्टिमेटम दिने, त्यसपछि नमानेको खण्डमा विरोधका कार्यक्रम अघि बढाउने सो समूहको रणनीति छ । सभापति देउवाले आफूहरुको दबाबलाई बेवास्ता गरेको खण्डमा उनीद्वारा मनोनीत पद उनैलाई बुझाउनेसम्मको दबाब दिनेसम्मको कार्यक्रम आउने सम्भावनालाई भने नकार्न सकिँदैन । 





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १८:४३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया