डा. भोला रिजाल र उनकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि

वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

रिजाल दम्पती अहिले उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना भएका छन् । शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि उनीहरु ह्याम्स अस्पताल भर्ना भएका हुन् ।  

उनले भने, ‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो । हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौँ ।’

सुरुको दिनमा डा. रिजाललाई हल्का ज्वरो आएको भए पनि हाल कुनै लक्षण नदेखिएको उनले बताएका छन् । 





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १९:२३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया