कोरोनाभाइरसः चितवनका ९ जनाको मृत्यु

कोरोनाभाइरस महामारीले चितवनलाई पछिल्लो समय निकै प्रभावित पार्न थालेको छ । विशेषगरि चितवनमा कोरोनाका कारण अस्पताल भर्ना भइसकेका व्यक्तिहरुको निधन हुने क्रम बढ्न थालेको छ । 

चितवनमा सोमबार पनि अस्पतालमा मृत्यु भएका तीन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यी तीनै जना भरतपुरका हुन् । योसँगै चितवनमा चितवनकै मृतकको संख्या ९ पुगेको छ । 

चितवनमा अन्य जिल्लाका ७ जनाले पनि कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।

सोमबार मृत्यु भएपछि कोरोना पुष्टि भएकामा भरतपुरका १८ वर्षकी युवती, ६५ वर्षका पुरुष र खैरहनीका ५५ वर्षीया महिला रहेका छन् । उनीहरु तीनै जनाको अस्पतालमा उपचारका लागि भर्ना भइसकेपछि मृत्यु भएको हो । तिनै जनाको कोरोना रिपोर्ट चाहिँ मृत्युपछि आएको हो ।





  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार ९:१३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया