भारतमा कोरोनाभाइरसः अगस्टमा बनाएका केही रेकर्ड्स

पूरै विश्वलाई त्राहिमाम बनाएको कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित देशको सूचीमा भारत पनि परेको छ । अमेरिका र ब्राजिलपछि संक्रमित संख्याको आधारमा भारत तेस्रो सबैभन्दा बढी प्रभावित देश हो । 

भारतमा अगस्ट महिनामा मात्र २० लाखभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । अगस्टमा भारतमा थपिएका कोरोनाभाइरस संक्रमित विश्वभरमा कुनै पनि एक देशमा थपिएका सबैभन्दा धेरै संक्रमित हुन् ।

भारतमा अगस्ट महिनामा मात्र १९ लाख ८७ हजार ७ सय ५ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । यो कुनै पनि एउटा देशमा एकै महिनामा थपिएका सबैभन्दा धेरै संक्रमित हुन् । भारतमा यहीबीचमा कोभिड १९ बाट हुने मृत्यु पनि विश्वकै सबैभन्दा धेरै मृत्यु भनिएको छ । भारतमा अहिलेसम्म कोभिड १९ का कारण अहिलेसम्म ६५ हजार ४ सय ३५ जनाले ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार ९:१९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया