चितवनमा हेटौंडाका संक्रमितको मृत्यु

चितवनमा थप एक जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुने ५८ वर्षका पुरुष हेटौंडा उपमहानगरपालिकाका हुन् । 

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहँदा मृत्यु भएको हो ।

१४ भदौमा उपचारका लागि अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । उनलाई निमोनिया भइसकेको जनाइएको छ ।

योसँगै मकवानपुरका मात्र ४ जनाले चितवनमा कोभिड १९ का कारण ज्यान गुमाएका छन् । चितवनमा विभिन्न जिल्ला र चितवनका गरेर मृत्यु हुनेको संख्या चाहिँ १७ पुगेको छ ।





  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार ९:३९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया