करचुक्ता प्रमाणपत्रको आधिकारिकता अनलाइनबाटै परीक्षण गर्न सकिने

आन्तरिक राजस्व विभागले अनलाइनबाटै कर चुक्ताको प्रमाणपत्रको आधिकारिता परीक्षण गर्ने प्रणाली ल्याएको छ । नयाँ स्वरुपमा वेबसाइट सञ्चालन गरेको विभागले करदातालाई घरबाटै कर चुक्ता प्रमाणपत्रको आधिकारिता जाँच गर्ने सुविधा ल्याएको जनाएको छ । अब प्रणालीले नै स्वतः आय विवरण र कर बक्यौता भए\नभएको सुनिश्चित गरी बक्यौता नभएमा कर चुक्ता प्रमाणपत्र जारी गर्नेछ ।


अनलाइन मार्फत विद्युतीय सेवा एवं सूचना प्रवाह गर्ने तथा करदाताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित अद्यावधिक गरिएको वेबसाइटमा अन्य नयाँ सुविधा पनि थपिएको छ । नयाँ वेबसाइटमा ट्याक्स क्यालकुलेटरलाई अद्यावधिक गरी सरल तरिकाले पारिश्रमिक आय गणना गर्न सक्ने बनाइएको छ । त्यस्तै स्थायी लेखा नम्बर खोजी (प्यान सर्च) लाई परिस्कृत गरी कर चुक्ता लिए\नलिएको समेत विवरण देखिने गरी अद्यावधिक गरिएको छ ।

 

विभाग अन्तर्गतका प्रत्येक कार्यालयको छुट्टाछुट्टै वेबपेज रहने गरी वेबसाइटमा कार्यालयको मेनु समेत राखिएको छ । कार्यालयको पेज उक्त कार्यालय स्वयमले व्यवस्थापन गर्न सक्ने गरी व्यवस्था मिलाइएको बताइएको छ ।


बेबसाइटमा आइआरडी च्याटबट नामको इन्टरयाक्टिभ च्याटबटको विकास गरिएको छ । उक्त च्याटबटले करदातालाई स्वचालित रुपमा करसम्बन्धी विविध पक्षको जानकारी दिने, करदाताको जिज्ञासालाई नेभिगेट गर्ने र सोसम्बन्धी कानूनी व्यवस्था लगायतको जानकारी लिन सकिने व्यवस्था समेत छ । साथै विभागले आफ्नो वेबसाइटमा मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताको विवरण बायोम्याट्रिक प्रणालीमा अद्यावधिक गर्ने भएको छ ।
 





  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार १५:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया