कर्णालीमा थपिए १४ संक्रमित, कुल संख्या २४५६ पुग्यो

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २४५६ पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मंगलबार १४ जनामा संक्रमण पुष्टि भएको हो ।

रिपोर्ट अनुसार सुर्खेतमा ११ जना, जुम्लाका दुईजना र दैलेखका एकजनामा संक्रमण देखिएको छ । वीरेन्द्रनगरमा कोरोना पुष्टि हुनेहरूमा वडा नं–२, १० र १२ का तीन जना पुरुष, वडा नं ४, ६, ७ र ८ का सातजना महिला र चौकुने गाउँपालिका वडा नं–७, का एकजना पुरुष रहेका छन् ।

जुम्लाको गुठीचौर गाउँपालिका–४, र चन्दननाथ गाउँपालिका –३, कि दुई महिला छन् । दैलेख ठाँटीकाँध गाउँपालिका–६, का एक पुरुषपनि संक्रमित भएका छन् । 

महाशाखाका अनुसार कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३३१ जना आइसोलेसनमा रहेका छन् । 

कर्णालीमा मंगलबार थप ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २११९ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार १६:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया