बंगलादेशी समकक्षीसँग प्रधानमन्त्रीको फोन वार्ता, युरिया मल आपूर्तिका लागि अनुरोध

युरिया मल नपाएर नेपाली किसान आक्रान्त बनेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता लिएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गर्दै तत्काल युरिया मलको आपूर्तिका लागि अनुरोध गरेका छन् । 

यसबारे ट्विटरमा जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो। यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपूर्ति गर्न मैले गरेको अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिनुभएको छ ।’

प्रधानमन्त्री हसिनासँग टेलिफोन कुराकानीमा क्रममा दुईपक्षीय व्यापार, ऊर्जा र  ट्रान्जिटलगायत अरू विषयमा सहकार्यलाई थप मजबुत बनाउने विषयमा कुरा भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार १८:२४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया