प्रधानमन्त्री ओलीलाई जापानी प्रधानमन्त्रीको धन्यवाद

प्रधानमन्त्री केपी शर्मा ओलीलाई जापानका प्रधानमन्त्री शिन्जो अबेले धन्यवाद दिएका छन् । 

सामाजिक सन्जाल ट्विटरमा एक पोस्ट गर्दै जापानी प्रधानमन्त्री अबेले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका हुन् । यसअघि प्रधानमन्त्री अ‍ोलीले अबे बिरामी भएको समाचार बाहिर आएपछि उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । 

अबे बिरामी भएपछि केही दिन अघि उनले अब जापानी प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । उनको यो घोषणा आएलगत्तै प्रधानमन्त्री ओलीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । 

अबेले प्रधानमन्त्री ओलीको ट्विटलाई कोट गर्दै धन्यवाद मात्र दिएका छैनन्, नेपाल–जापान सम्बन्ध थप फराकिलो हुनेमा आफू विश्वस्त भएको पनि उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार १४:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया