कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप एक हजार ११२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २३ हजार २९० उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार प्रदेश–१ को उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा १, झापामा ११, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा ३, मोरङमा ५३ र सुनसरीमा ७२ जना संक्रमित थपिएका छन् । 

प्रदेश–२ को धनुषामा ६३, पर्सामा ४९, बारामा २३, महोत्तरीमा ३१, रौतहटमा १८, सप्तरीमा १२, सर्लाहीमा ५० र सिरहामा १५ जनामा कोरोना पाइएको छ ।



बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ५० जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा १, चितवनमा ४३, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ९, मकवानपुरमा ३३, रामेछापमा २, ललितपुरमा २९, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीका २४, गोरखाका १, तनँहुका ४, नवलपरासी पूर्वका १६, पर्वतका १, लमजुङका १९ र स्याङजाका १ जनामा कोरोना पुष्टि भएको छ ।



यस्तै, प्रदेश–५ को अर्घाखाँचीमा १, दाङमा ६, नवलपरासीमा ३, पाल्पामा १, प्युठानमा २, बर्दियामा ५, बाँकेमा ४१, रुपन्देहीमा २७ र रोल्पामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशको कालीकोटमा २१, जुम्लामा ३७ र दैलेखमा १, सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३, कैलालीमा १३, डडेल्धुरामा १, बझाङमा ९ र बैतडीमा १ जनामा कोरोना भेटिएको छ ।

  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार १८:१५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया