कोरोनाको बहानामा महाधिवेशन रोकिए त्यो आत्मघाती हुन्छः कांग्रेस वरिष्ठ नेता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुनमा कुनै पनि हालतमा महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । बरु त्यसका लागि पुरानै क्रियाशील सदस्यहरुबाट काम चलाउन सकिने उनको सुझाब छ । 

कोरोना महामारीको बहानामा महाधिवेशन प्रभावित गर्न नमिल्ने उल्लेख गर्दै उनले अहिलेकै क्रियाशील सदस्यताबाट अधिवेशनमा जान सकिने विकल्प सुझाएका हुन् । क्रियाशील सदस्यताकै कारण महाधिवेशन सार्ने काम स्वीकार्य नहुने पौडेलको अडान छ ।  

सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले आयोजना गरेको भर्चुअल कार्यक्रममा बेल्दै नेता पौडेलले भने, ‘त्यो भएन भने पनि अहिलेकै महाधिवेशन प्रतिनिधि जम्मा गरेर पनि प्रदेश–जिल्ला अधिवेशन गर्न सकिन्छ ।’

इच्छा भए उपाय निस्कने भन्दै उनले भने, ‘अहिलेको आवश्यकता अधिवेशन चाँडै गर्ने हुनुपर्छ । हाम्रो अठोट र राजनीतिक इच्छाशक्ति त्यतातर्फ हुनुपर्छ । समयमै अधिवेशन सम्पन्न गर्नेतर्फ लागौं ।’ 

अबको दुई वर्षपछि स्थानीय तहको निर्वाचन हुने स्मरण गराउँदै नेता पौडेलले पार्टीको महाधिवेशनबाट आउने नेतृत्वले आमनिर्वाचनमा पार्टीलाई जिताउने अठोट राख्नुपर्ने बताए । अधिवेशन ढिलाइ गर्ने हो भने त्यो आत्मघाती हुने उनको ठहर छ । 





  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार १८:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया