गौतमलाई राष्ट्रिय सभा लैजान ओली तयार
केहीअघि वामदेवले ओलीकाे समर्थनमा ६ बुँदे प्रस्ताव अगाडि सारेपछि गाैतम निवास पुगेका थिए प्रधानमन्त्री ओली । फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जान तयार भएको अभिव्यक्ति दिएपछि तरङ्गित पार्टीको राजनीति प्रधानमन्त्री केपी शर्मा ओली यसमा सहमत भएपछि केही मत्थर हुने भएको छ । 

प्रधानमन्त्री ओलीनिकट स्रोतका अनुसार अब ओली गौतमलाई राष्ट्रिय सभामा लैजान तयार भएका छन् । यसअघि उनी अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रिय सभामा दोहो¥याउन चाहन्थे । २० भदौभित्र डा. खतिवडाले संघीय संसदको सदस्य नहुँदा अर्थ मन्त्रालयको जिम्मेवारी पनि गुमाउने भएका छन् । 

बुधबार साँझ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेट र त्यसपछि भएको गौतमसँगको भेटपछि ओली गौतमलाई राष्ट्रिय सभामा लैजान तयार भएको स्रोतको दाबी छ । त्यसो त गौतमलाई राष्ट्रिय सभामा लैजान यसअघि नेकपा सचिवालय बैठकले फागुनमा नै निर्णय गरिसकेको थियो ।

तर, गौतमले यसबारे प्रष्ट धारणा नदिँदा यो निर्णय कार्यान्वयन हुन सकेको थिएन । पछिल्लो समय देखिएको नेकपा विवादबीच अब प्रधानमन्त्री ओलीले आफूलाई पार्टीमा र सचिवालयमा पनि ‘बलियो’ बनाउन गौतमको यो माग सम्बोधन गरेको उनीनिकट नेता बताउँछन् । 

यसबारे बिहीबार बस्ने नेकपा सचिवालय बैठकले अन्तिम टुङ्गो लगाउने भएको छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १:५१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया