के अमेरिकामा कोरोनाभाइरस भ्याक्सिन यही नोभेम्बरमा बाँडिँदै छ ?

अमेरिकामा कोरोनाभाइरस भ्याक्सिन बनाउने काम युद्धस्तरमा चलिरहेको छ । तर, अहिलेसम्म कसैलाई पनि कोरोनाभाइरस भ्याक्सिन बनाउन सफलता मिलेको छैन । भ्याक्सिन नबने पनि अब अमेरिकामा यसको वितरणको तयारी सुरु भएको छ । 

अमेरिकी राज्यहरुमा १ नोभेम्बरबाट कोरोनाभाइरस भ्याक्सिन वितरणका लागि तयार रहन निर्देशन पनि दिइएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी राज्यहरुलाई १ नोभेम्बरबाट कोरोनाभाइरस भ्याक्सिन वितरणका लागि तयार रहन आग्रह गरेको हो ।

त्यसो त यसलाई केहीले ट्रम्पको राजनीति पनि भनेका छन् । अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

अहिले अमेरिकामा कोरोनाभाइरस भ्याक्सिन बनाउन तीन कम्पनी लागिरहेका छन् । उनीहरुले आफ्नो भ्याक्सिनको तेस्रो चरणको परीक्षण सुरु गरेका छन् । 





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार ९:३२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया