एकपटक कोरोना जितेका व्यक्तिलाई चार महिना फेरि कोरोना हुँदैन

पछिल्लो समय विभिन्न किसिमका अध्ययनहरुले कोरोनाभाइरसबारे नयाँ नयाँ तथ्यांक फेला परेका छन् । अब आइसल्यान्डमा गरिएको एक अनुसन्धानमा नयाँ खुलासा भएको छ ।

आइसल्यान्डमा ३० हजार नागरिकमाथि गरिएको एक नयाँ अध्ययनका अनुसार एकपटक कोरोनाभाइरस संक्रमण भइसकेका व्यक्तिलाई कम्तिमा चार महिना रोगप्रतिरोधात्मक क्षमता हुने र कोरोना नहुने देखिएको छ ।

यति लामो समयसम्म इम्युनिटी हुने निष्कर्ष निकालेको यो पहिलो अध्ययन हो । आइसल्यान्डको एक बायोटेक कम्पनी डिकोड जेनेटिक्सले यो अध्ययन गरेको हो । 

अध्ययनको रिपोर्ट द न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशन गरिएको छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार ९:४१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया