७० वर्षका पुरुष, ५५ की महिला, अस्पतालमा भयो लभ, छोराछोरीले गरिदिए विवाह

कहिलेकाहीँ विश्वका विभिन्न ठाउँहरुबाट अचम्मका समाचार आइरहेका हुन्छन् । अब भारतको मध्यप्रदेशबाट पनि झट्ट सुन्दा विश्वास गर्न अप्ठ्यारो हुने एक समाचार आएको छ । 

यो समाचार हो, भुराखेड गाउँको । त्यहाँ एक जोडीले विवाह गरेको समाचार अहिले भारतमा निकै चर्चामा रहेको छ । र, यो चर्चामा आउनुको कारण हो, विवाह गर्ने पुरुष ७० वर्ष र महिला ५५ वर्षकी थिइन् ।

यी दुवैले एकअर्कालाई त्यहाँको जिल्ला अस्पतालमा भेट गरेका थिए । त्यही समयमा यी दुईले विवाह गर्ने निर्णय गरेका हुन् ।

विवाह गरेका पुरुषको नाम हो, ओमकार सिंह । उनले आफ्नी बेहुली गुड्डीबाइलाई अटोमा घर ल्याएका हुन् । अनि यी दुईबीचको विवाह उनीहरुको छोरा बुहारीको अनुमतिमा भएको थियो ।





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १०:३५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया