राहत लिएर गृहमन्त्री बागलुङमा

बागलुङको ढोरपाटन नगरपालिका ९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटमा बाढी/पहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितको टोली त्यहाँ पुगेको छ । 

गृहमन्त्रीसँगै सांसद देवेन्द्र पौडेल पनि बाढी प्रभावित क्षेत्र गएका छन् । गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा सामग्री बोकेर गएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।

गएराति गएको पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । हालसम्म पहिरोमा १३ जना बेपत्ता भएको खुलेको छ ।

मृतकमध्ये एकजनाको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा ढोरपाटन नगरपालिका ९ की ३५ वर्षीया कौशला पुन, उनकै ६ वर्षीय छोरा हिक्मत पुन, सोही वडाका ३५ वर्षीय जितबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक छन् ।

यस्तै ३२ वर्षीया कर्मती घर्तीमगर, ३५ वर्षीया रीना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती मगर, उनकै ६ वर्षीया छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीय टुलमती पुन र गलकोट नगरपालिका घर भई ढोरपाटन क्षेत्र घुम्न गएका २४ वर्षीय नवीन भण्डारी छन् । 





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १२:५०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया