मच्छिन्द्रनाथ रथ तान्ने क्रममा पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै रथ तान्ने कार्य सुचारू गर्न सरकारलाई अनुरोध गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सम्बन्धित पक्षसँग छलफल र समन्वय गरी रथ तान्ने कार्य सुचारू गर्नुपर्ने सुझाब दिएका छन् ।
फेसबुकमा थापाले लेखेका छन्, ‘सम्बन्धित पक्षसँग छलफल र समन्वय गरी तथा स्वास्थ–सुरक्षा मापदण्ड पालना गर्दै ललितपुरको मच्छिन्द्रनाथ रथ तान्ने कार्य सुचारू गर्न सरकारसँग अनुरोध छ । धार्मिक सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध–दमन हुनुहुँदैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।