बन्चरो प्रहार गरेर बुहारी हत्या गरेको आरोपमा जेठाजु पक्राउ

काभ्रेमा जेठाजुले बुहारीमाथि बन्चरो प्रहार गर्दा बुहारीको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका–८ का ४३ वर्षीय सुदर्शन अधिकारी बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बिहीबार पक्राउ परेका छन् । 

घरायसी विवादमा अधिकारीले उनकै बुहारी ३५ वर्षीया रन्जना तिमल्सिनालाई बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हत्याको खबर प्राप्त हुनासाथ श्यामपाटी प्रहरी चौकीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १७:१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया