नेकपा सचिवालय बैठकलाई बाबुरामको कटाक्ष – ‘जुन गोरुको सिङ छैन उसको नाम तिखे’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकको एजेन्डालाई पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत  व्यंग्य गरेका छन्। देशका जल्दाबल्दा समस्यालाई छाडेर चुनाव हारेका व्यक्तिलाई राष्ट्रियसभामा लैजाने विषयमा बैठक केन्द्रित भएको भन्दै डा. भट्टराईले सामाजिक सञ्जालमार्फत त्यसको आलोचना गरेका छन् ।
 
बैठक  कोरोनाको महामारी, बाढी–पहिरोबाट सयौँको मृत्यु, किसानलाई मलको समस्या, जनताको भोकमरीको समस्यालाई छाडेर चुनाव हारेका व्यक्तिलाई राष्ट्रियसभामा लैजाने विषयमा केन्द्रित भएको उनको आरोप छ ।  जनताको समस्यालाई सम्बोधन गर्न नसक्ने पार्टीको नाम कम्युनिस्ट नहुने प्रतिक्रिया उनले दिएका छन्।


‘प्रतिदिन हजारबढी कोरोना संक्रमित र दर्जनको मृत्यु, बागलुङ, कालीकोट, सिन्धुपाल्चोकलगायत जिल्लामा बाढी–पहिरोबाट सयौँको मृत्यु, मल नपाएर किसानको हाहाकार, श्रमिकहरू भोकभोकै सडकमा, सत्ताधारी पार्टीको एजेन्डा चुनाव हारेको कुनलाई राष्ट्रियसभामा लैजाने ! तर, नाम कम्निस्ट रे ! जुन गोरुको सिसिङ छैन उसको नाम तिखे ?’ बिहीबार सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन् ।





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १७:३९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया