'जति बेसार–पानी पिए पनि काेराेना संक्रमित बढेकाे बढ्यै'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश र जनता कोरोना महामारीको चपेटामा परिरहेका बेला सरकार भने आफ्नै स्वार्थको खेलमा लागेको आरोप लगाएका छन् ।  उनले सामाजिक सन्जालमा एक स्टाटस लेखेका छन् । 

उनकाे स्टाटसमा लेखिएकाे छ– 

तपाईं आजका राष्ट्रिय छापाहरू हेर्नुहोस्

१) काठमाडौंमा जतिसुकै बेसार–पानी पिए पनि कोभिड संक्रमण बढ्दै छ र काठमाडौंमा बन्देज कायम छ । तर नेपालका गरिब किसानहरू केही केजी मलका लागि भिडामभिड गरेर लाममा घन्टौं बस्न बाध्य छन् । तैपनि मल छैन, तर बाँच्नका लागि कोभिडको जोखिम मोल्न जनता बाध्य छन् । यसबारे सरकारलाई वास्ता छैन । तर को अर्थमन्त्री हुने भन्ने कुरो नै सबैभन्दा प्राथमिकतामा परेछ ।

२) कोभिडको महामारी भारतमा छ । तर सुदूरपश्चिमाञ्चलबाट हजाराब्ैं युवाहरू कोरोनापीडित भारतमा जाँदै गरेको तस्बिर आजका छापाहरूमा छन् । डाक्टर हेमराज पन्तले भनेजस्तो योभन्दा लज्जास्पद कुरो के हुन्छ ? संकटमा परेको क्षेत्रका जनताका लागि कामका लागि खाद्यान्न व्यवस्था गरी देशभित्रै बच्ने वातावरण किन बनाउन नसकेको ? यो देशमा सरकार छ कि लुटको राज्य ?

३) एकातिर पैसाको अभाव भनिन्छ भने अर्कातिर मुआब्ज़ासम्म वितरण नगरी कानुनविपरीत तीस अर्बको रेल बनाउने ठेक्का मिलोमतोमा बाँडिन लाग्यो भन्ने खबर व्याप्त छ । तर सरकार मौन छ । हरियो मकैबारीमा पसेको साँढे, जसले जे गरे पनि मकै खान नछाड्नेजस्तो उसको चरित्र छ ।



अब तपाईं भन्नुस्, नेपाली जनताविरुद्ध नेपालमा को सक्रिय छ ?



  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार २३:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया