११ बजै मन्त्रिपरिषद् बैठक,  अर्थमन्त्री खतिवडाको फेयरवेल गरिने, हिजैदेखि सामान सार्दै खतिवडा
फाइल तस्वीर ।

आज ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दैछ ।

त्यस्तै, आजकै मन्त्रिपरिषद् बैठकले अर्थ, सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाको फेयरवेल पनि गर्ने स्रोतले जानकारी दिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

यो निर्णयसँग खतिवडाको मन्त्रीबाट हट्नु पर्ने निश्चित भएको छ । संवैधानिक व्यवस्थाअनुसार मन्त्री भएको ६ महिनामा जोकोहीले संघीय संसदको सदस्यता लिइसक्नु पर्ने छ । तर, राष्ट्रियसभामा रिक्त स्थानमा गौतमलाई लैजाने नेकपा निर्णयसँगै खतिवडाले यो सदस्यता नपाउने भएका छन् । 

हिजो सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय भएसँगै खतिवडाले मन्त्री क्वाटर छाड्ने तयारी पनि थालिसकेका छन् । उनले बिहीबार साँझबाट नै पुल्चोकस्थित मन्त्री क्वाटरबाट धुम्बाराहीस्थित आफ्नो घरमा सामान सार्न थालिसकेका छन् ।

गत फागुनमा राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई पुनः मन्त्रीमा नियुक्त गरेका थिए । संविधानको व्यवस्थाअनुसार यस कार्यकालभरि अब खतिवडा मन्त्री बन्न पाउने छैनन् ।





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार ९:५७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया