आज देशभर थपिएका संक्रमित हालसम्मकै उच्च

पछिल्लो २४ घण्टामा देशभर १३५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ४६४ जना महिला र ८९५ जना पुरुष  गरी थप  १३५९ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिए । 

कुल संक्रमितको संख्या  ४४,२३६ पुगेको छ । 

प्रवक्ता गौतमका अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणको संख्या १३,६३८ रहेको छ ।  सक्रीय संक्रमितको संख्या १८, ४०४ छ । संस्थागत आइसोलेसनमा १०,९४२ जना र होम आइसोलेसनमा  ७,४६२  जना संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए । 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या  १३५४ रहेको छ । हालसम्म डिस्चार्ज हुने कुल संख्या २५, ५६१ रहेको छ । 

 पछिल्लो २४ घण्टामा महिला ४ जना र १० जना पुरुष गरी १४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७१ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।   आइसीयूमा १५१ जना र भेन्टिलेटर २६ जना संक्रमित रहेका छन् । 

 





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार १६:२४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया