रुसले विकास गरेको कोरोनाविरुद्धको खोपले काम गर्ने संकेत

विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि रुसले विकास गरेको कोरोनाविरुद्धको खोपले काम गर्ने संकेत देखिएको छ । वैज्ञानिकहरुको दाबीअनुसार ‘स्पुतनिक भी’ नाम दिइएको सो खोपको परीक्षणका क्रममा मानिसहरुमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको छ । 

मेडिकल जर्नल ‘द लान्सेट’को प्रतिवेदनअनुसार खोपको परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको छ । उनीहरुमा कुनै गम्भीर साइड इफेक्टसमेत देखिएको छैन ।  

गत महिना रुसले स्थानीय स्तरमा खोप प्रयोगको अनुमति दिएको थियो । अन्य देशका विज्ञहरूले भने सो खोपको प्रभावकारिता र त्यसले पार्ने नकरात्मक असरबारे प्रश्न उठाएका थिए । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी एक छोरीमा समेत परीक्षण गरिएको बताउँदै परीक्षणका आवश्यक मापदण्ड खोपले पूरा गरेको दाबी गरेका थिए । 

गत जुन र जुलाईमा १८ देखि ६० वर्षसम्मका व्यक्तिहरुलाई पहिलो परीक्षण खोप लगाइएको थियो । उनीहरूलाई ४२ दिनसम्म निगरानीमा राखिएको थियो र सबैमा तीन साताभित्र एन्टिबडीको विकास भएको प्रतिवेदनमा दाबी गरिएको छ ।

तीन सातापछि उनीहरूलाई बुस्टर डोज दिइएको थियो ।





  • प्रकाशित मिति : भदौ २०, २०७७ शनिबार १८:८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया