कोरोना सङ्क्रमित प्रहरीका लागि छुट्टै आइसोलेसन

कोभिड–१९ को सङ्क्रमण रोक्न अग्रभागमा खटिने प्रहरीका लागि आइसोलेसन सञ्चालनमा आएको छ । अग्रभागमा खटिने प्रहरीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि प्रहरीले आफ्ना जनशक्तिका लागि आइसोलेसन तयार पारेको हो ।
    
यसका लागि प्रहरीले मध्यपुरथिमिको पाठ्यक्रम विकास केन्द्रको एउटा ब्लकमा १८ शय्याको आइसोलेसन तयार पारेर सञ्चालनमा ल्याएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले प्रहरीमा पनि कोरोना सङ्क्रमण देखिन थालेपछि सचेतना अपनाउने र आइसोलेसन तयार पार्ने काम भएको बताए ।
    
भक्तपुरका प्रहरीमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर सचेतना अपनाएको, प्रहरीलाई फरक–फरक स्थान र विद्यालयमा समेत अस्थायी ब्यारेक बनाएर सुरक्षित राख्दै परिचालन गर्ने गरेको र सङ्क्रमितलाई खरिपाटीस्थित आइसोलेसनमा पठाउने गरिएको उनले बताए । 
    
उनले प्रहरी परिसरका सङ्क्रमित एक प्रहरी निको भएर ड्युटीमा फर्किसकेको, जगाती प्रहरी वृत्तका प्रहरीमा सङ्क्रमण नभएको, नगरकोट प्रहरी प्रभागमा सङ्क्रमित एकलाई आइसोलेशनमा राखिएको जानकारी दिए । उनले परिसरमा रहेका दुई थुनुवालाई सङ्क्रमण भए पनि खरिपाटीस्थित आइसोलेसनमा राखिएको बताए ।
    
महानगरीय प्रहरी वृत्त थिमिमा भने १३ प्रहरीमा कोरोना सङ्क्रमण भएको छ । जसमा तीनजना निको भएर काममा फर्किसकेका प्रहरी नायब उपरीक्षक ऋषिराम कट्टेलले जानकारी दिए । सङ्क्रमित १० जना पाठ्यक्रम विकास केन्द्रको आइसोलेशनमा रहेका र तीन सङ्क्रमित निको भएर काममा फर्किएका उनले जानकारी दिए। 

बालकोट प्रहरी प्रभागमा सङ्क्रमित एक पनि निको भएर काममा फर्किसकेका छन् । प्रहरीका लागि पाठ्यक्रम विकास केन्द्रमा १८ श्यया क्षमताको आइसोलेशन तयार पारेर सञ्चालनमा ल्याइएको छ । थिमि प्रहरी वृत्तमा रहेका सात थुनुवामा पनि सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा पठाइएको छ ।
 





  • प्रकाशित मिति : भदौ २०, २०७७ शनिबार १८:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया