कोरोनाभाइरसः अमेरिकामा जनवरीसम्म हुनसक्छ ४ लाखको मृत्यु
फरकधार / २० भदौ, २०७७

अमेरिकाको वासिङटन विश्वविद्यालयको स्वास्थ्य विभागले गरेको पूर्वानुमानअनुसार यो वर्षको अन्त्यसम्म कोरोनाभाइरसका कारण अमेरिकामा चार लाख जनाको मृत्यु हुनसक्छ । 

यो अनुमान अहिलेको मृत्युको ठ्याक्कै दोब्बरभन्दा बढी हो । 

डिसेम्बरमा मात्र प्रत्येक दिन तीन हजारभन्दा बढीको निधन अमेरिकामा हुनसक्ने अनुमान यो विभागले गरेको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा मास्क लगाउने नियमलाई गम्भीर भएर पालना गरिएको खण्डमा त्यहाँ मृत्यु हुनेको संख्या ३० प्रतिशतसम्म घट्न सक्छ । 

अहिले अमेरिकामा प्रत्येक दिन औसतमा ८ सय ५० जनाको मृत्यु कोभिड १९ का कारण भइरहेको छ ।

  • प्रकाशित मिति : भदौ २०, २०७७ आइतबार १:२५:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया