विप्लवको निशानामा प्रचण्डका घरबेटी

सरकारले आतंककारी घोषणा गरेको नेत्रविक्रम चन्द विप्लव समूहले सरकारलाई पनि चुनौति दिँदै एक विज्ञप्ति जारी गरेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नाममा जारी गरिएको विज्ञप्तिमा यो समूहले विभिन्न ठेकदारहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । यसका लागि उनीहरुले सरकारलाई अल्टिमेटम पनि दिएका छन् ।

मलको ठेक्का लिएर किसानहरुलाई उपलब्ध नगराउने ठेकदारहरुलाई सरकारले कारवाही नगरे आफ्नो पार्टीले कारवाही गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । मल उपलब्ध गराउने ठेकदारमा प्रचण्डका घरबेटी पनि एक हुन् ।

नेकपा र नेपाली काङ्ग्रेसका नेताहरुका रक्षाकवच भन्दै विज्ञप्तिमा शैलुङ कन्स्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी र अन्यलाई कारवाही गर्ने चेतावनी यो समूहले दिएको हो ।

अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन् ।





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १०:९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया