पत्रकारितामा संलग्न नरहेका ६५ जनालाई महासंघको सदस्यमा सिफारिसपछि विरोध

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले पत्रकारितामा संलग्न नरहेका ६५ जनाको नाम नयाँ सदस्यताका लागि सिफारिस गरेको भन्दै क्रियाशील पत्रकार र सम्बद्ध संघ–संस्थारुले विरोध जनाएका छन् । 

कांग्रेस निकट संगठन प्रेस युनियन नुवाकोटले हालै गैह्र पत्रकारहरुको सदस्यता खारेजीका लागि पत्रकार महासंघ प्रदेश समितिमा उजुरी गरेको छ । यसअघि पूर्व माओवादीनिकट प्रेस संगठन नेपालको बागमती प्रदेश समितिले पनि यसबारे विरोध जनाएको थियो । 

नेपाल पत्रकार महासंघ नुवाकोटले नयाँ सदस्यताका सन्दर्भमा जिल्ला सचिव जगदीश खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । आवश्यक छानविन गरी सिफारिस गर्न जिम्मा दिएको कार्यदलले २०७६ साल भदौ २५ गते ८२ जनाको नाम सिफारिस गरी जिल्ला शाखा शाखामा पठाएको थियो । त्यही सिफारिस अनुमोदनका लागि बागमती प्रदेश समितिमा पठाइएको थियो। 





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १६:५३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया