कोरोना संक्रमणबाट १६ देशमा २०० नेपालीको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले सो तथ्यांक प्रस्तुत गरेको हो । 

हालसम्म ४० देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोनाका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्विडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको ज्यान गएको छ ।

समितिका अनुसार पछिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ । त्यस्तै, यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको छ ।   

विदेशमा मात्र ३४ हजार ९३९ नेपालीमा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 
 





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १९:१२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया