सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार सुरु

सेती प्रादेशिक अस्पतालमा पहिलोपटक आइतबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको छ । 

अस्पतालको आइसोलेसनमा रहेकी धनगढी उपमहानगरपालिका– ५ की ५७ वर्षीया महिलाको प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलामा थेरापी विधिबाट उपचार भइरहेको छ ।’

प्लाज्मा थेरापी गर्न कोरोना सङ्क्रमित व्यक्ति ठीक भई पिसिआर रिपोर्ट नेगेटिभ आइसकेपछि उसको शरीरमा एक खालको एन्टिबडी बनेको हुन्छ र उसको प्लाज्मा सङ्क्रमित व्यक्तिमा ट्रान्समिट गरेमा त्यसले कोरोना भाइरसलाई न्युट्रलाइज गर्ने भन्ने सिद्धान्त रहेको बताइएको छ ।

गम्भीर खालका कोरोना सङ्क्रमित बिरामीलाई आइसियुमा राखेर डाक्टरको प्रत्यक्ष निगरानीमा प्लाज्मा चढाउने गरिन्छ । साधारण कोरोना पोजेटिभका बिरामीलाई भने प्लाज्मा चढाइँदैन । 

यस विधिबाट उपचार गर्नका लागि कोभिड–१९ मुक्त भइसकेको व्यक्तिले रक्तदान गर्नुपर्ने हुन्छ र सो रगतबाट नै प्लाज्मा तयार पारेर बिरामीको उपचार गरिने बताइएको छ ।





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार २०:४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया