घरबेटीसँग अनावश्यक नाम जोडियो, अब नयाँ घर खोज्छुः प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नाम अनावश्यक रुपमा घरबेटीसँग जोडिएकोमा दुखेसो पोखेका छन् । 

पछिल्लो समय विभिन्न ठेक्का समयमा पूरा नगरेको र राम्रो काम नगरेको भन्दै प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी विवादमा तानिएका छन् । प्रचण्डले अधिकारीसँगको आफ्नो कुनै साइनो नभएको बताएका छन् । अधिकारीका काम आफूलाई थाहा नहुने पनि उनले बताएका छन् ।

यतिमात्र होइन, प्रचण्डले अब आफूले नयाँ घर खोज्न थालेको पनि बताएका छन् । ‘मैले अर्को घर खोज्न थालेको छु,’ जनता टिभीका लागि अन्तर्वार्ता दिँदै प्रचण्डले भनेका छन्, ‘उनीसँग गोरु बेचेको साइनो पनि छैन ।’

उनले पछिल्लो समय निस्किएको मल विवादमा आफूले कृषिमन्त्रीलाई नै कारवाही गर्न अनुरोध गरेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार २२:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया