नेकपा स्थायी कमिटी बैठक २६ भदौमा बस्ने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक २६ भदौमा बस्ने भएको छ । 

यसअघि १० असारबाट सुरु भएको बैठक पार्टीमा विवाद बढ्दै गएपछि १३ साउनबाट स्थगित भएको थियो । १३ साउनमा स्थगित बैठक कहिले बस्ने भन्ने टुङ्गो लाग्न सकेको थिए । नेकपाभित्र आन्तरिक शक्ति संघर्ष बढ्दै गएपछि यो बैठक अनिश्चित भएको थियो । 

आज विहान पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलसहित छलफल गरेर २६ भदौमा स्थायी कमिटी बैठक बोलाउने मिति तय गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार बैठकमा यसअघि पार्टी विवाद मिलाउन बनाइएको कार्यदलले दिएको सुझावमाथि छलफल हुने छ ।





  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार १०:५३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया