नेविसङ्घले विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्ती भव्यताका साथ मनाउने
फरकधार / २२ भदौ, २०७७

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्ती भव्यताका साथ मनाउने भएको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी जननायक बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती भदौ २४ गते देशभर भव्यताका साथ मनाउन नेविसङ्घ जिल्ला समितिलाई निर्देशन दिएका हुन् ।

नेविसङ्घले बिपी जन्मजयन्तीका अवसरमा विभिन्न प्रविधिका माध्यमबाट बिपी कोइरालाको योगदान तथा व्यक्तित्व सम्बन्धमा गोष्ठी, छलफल गर्ने, वृक्षरोपण, रक्तदान, वृद्ध र बिरामीलाई फलफूल वितरण गरी भव्यताका साथ मनाउन सबै जिल्ला समितिलाई परिपत्र गरेको छ । 

यस्तै, नेविसङ्घले अविरल वर्षासँगै गएको बाढी, पहिरोका कारण विस्तापित भएका तथा लामो समयको बन्दाबन्दी र निषेधाज्ञाका कारण दैनिक जीवनयापन कष्टकर भएकालाई राहत तथा विभिन्न सहयोग गर्न आह्वानसमेत गरेको छ । अध्यक्ष ढुङ्गानाले सामाजिक दूरी कायम राखेर बिपी जयन्ती मनाउन सबै जिल्ला समितिलाई आग्रह समेत गरेका छन् ।

  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार १६:४३:१५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया