अनलाइनबाट परीक्षा लिने तयारीमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा लिने तयारी गरेको छ । स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी भइरहेको विश्वविद्यायलका उपकुलपति प्राडा अम्मराज जोशीले जानकारी दिए । उनका अनुसार यसअघि स्थगित भएका परीक्षाहरू आगामी असोज १२ गतेदेखि सञ्चालन हुने तयारी छ ।


‘विश्वविद्यालयले कोरोना कहर त्यति छिट्टै सकिने अवस्था देखिँदैन’, उपकुलपति जोशीले भन्नुभयो, ‘शैक्षिक गतिविधिलाई स्वास्थ्य सर्तकता अपनाएर अघि बढाउने तयारीमा छौं ।’ आगामी असोजदेखि सञ्चालन गर्ने परीक्षाका लागि कार्यविधिसमेत पास भइसकेको उनले बताए । 
विश्वविद्यालयले अनलाइन परीक्षामा सहभागी हुन इन्टरनेट समस्या भएका विद्यार्थीका लागि ‘आइसिटी सेन्टर’को स्थापना गर्ने समेत जनाएको छ ।
 त्यसैगरी विश्वविद्यालयले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ । त्यस्तै अनलाइन परीक्षाका लागि विश्वविद्यालयले सिकाइ व्यवस्थापन प्रणाली नामक सफ्टवेयरसमेत निर्माण गरेको जनाएको छ । सफ्टवेयरमार्फत परीक्षार्थीलाई व्यक्तिगत इमेलमा प्रश्नपत्र पठाइनेछ ।

परीक्षार्थीले तोकिएको समय अवधिभित्र उत्तरपुस्तिका स्क्यान गरी इमेलमार्फत परीक्षा नियन्त्रण कार्यालयलाई पठाउनुपर्ने उपकुलपति प्राडा जोशीले बताए । 
साथै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आगामी वर्ष एमफिल र पिएचडीको अध्यापनसमेत शुरु गर्ने गृहकार्य गरिरहेको छ । यहाँ पहिलो पटक कृषितर्फ बिएसिएजी तेस्रो सेमेष्टरमा विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार १६:५९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया