कुन जिल्लामा कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार​ पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

योसँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । नयाँ थपिएका ९७९ संक्रमित मध्ये ३३८ जना महिला र ६४१ जना पुरुष रहेका छन् ।

थपिएका संक्रमित कुन जिल्लामा कति ?

प्रदेश १ का जिल्लामध्ये उदपयुरका एकजना, झापाका १६ जना, पाँचथरका ६ जना, भोजपुरका एकजना, मोरङका ३९ जना, सुनसरीका ६५ जना र सोलुखुम्बुका एकजनामा कोरोना पुष्टि भएको डा. गौतमले जानकारी दिए । 

गौतमका अनुसार प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४४ जना, महोत्तरीका ३ जना, सप्तरीका १९ जना, सर्लाहीका २० जना र सिराहाका ४१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, बागमती प्रदेशका जिल्लामध्ये काठमाडौंका २९३ जना, काभ्रेका २८ जना, चितवनका १९ जना, दोलखाका ३ जना, धादिङका ४ जना, भक्तपुरका १३ जना, मकवानपुरका ७३ जना, ललितपुरका २० जना र सिन्धुलीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३० जना, गोरखाका १८ जना, तनहुँका ६ नवलपरासी पूर्वका १६ जना, पर्वतमा एकजना, लमजुङका १५ जनामा कोरोना पुष्टि भएको गौतमले बताए । 

प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका २ जना, गुल्मीका ८ जना, नवलपरासीका २ जना, पाल्पाका ५ जना, प्युठानका एकजना बर्दियाका ४१ जना, बाँकेका ४२ जना, रुपन्देहीका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



मन्त्रालयका अनुसार कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका २ जना, जाजरकोटका एकजना जुम्लाका एकजना, दैलेखका ३ जना, सुर्खेतका १९ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कञ्चनपुरका ७ जना, कैलालीका ३ जना, बझाङका एकजना र बाजुराका एकजनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार १७:१५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया