कैलालीमा सोमबार थप ६३ नेपाली सेनामा कोरोना पुष्टि भएको छ । केही दिनअघि पाँचजनामा कोरोना संक्रमण पुष्टि भएपछि गरिएको स्वाब परीक्षणमा थप ६३ जनामा कोरोना पुष्टि भएको हो ।
उनीहरु सबै कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको तालिम शिक्षालयमा कार्यरत हुन् । उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा स्वाब परीक्षण गरिएको थियो ।
शिक्षालयका २ सय ४५ जनाको नमूना स्वाब संकलन गरिएकोमा १ सय ९२ जनाको रिपोर्ट आएको छ । तीमध्ये ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार १ सय २९ जना सैनिकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अझै ५३ जना सैनिकको रिपोर्ट आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।