नेपाल राष्ट्र बैंक आगामी बिहीबारसम्म बैंक तथा वित्तीय संस्था सबै शाखा तथा काउन्टर खुला राख्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले यस्तो निर्देशन दिएको हो ।
विभागले बैंकहरुलाई राजश्व संकलन हुने सबै शाखा तथा काउन्टर ३ दिन खुला गर्न निर्देशन दिएको हो । सरकारले भदौ २५ सम्म राजश्व तिर्नका लागि करदाताहरुलाई अन्तिम म्याद दिएको छ ।
सोही कारण बैंकका शाखा खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ । सीमित शाखा मात्रै खोल्दा भीड अत्यधिक हुने भएकाले, सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउन केन्द्रीय बैंकले यस्तो निर्देशन जारी गरेको हो ।
अहिले बैंकहरुले सीमित शाखा कार्यालय खोलेर सेवा दिइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।