भारत कोरोनाभाइरस संक्रमितमा दोस्रो, अमेरिकालाई उछिन्ने सम्भावना

भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित भएको मुलुक बनेको छ । यसअघि दक्षिण अमेरिकी मुलुक ब्राजिल दोस्रो स्थानमा थियो । 

ब्राजिललाई उछिन्दै भारत धेरै संक्रमित भएको दोस्रो देशमा उक्लिएको हो । अब भारतभन्दा अगाडि अमेरिका मात्र छ ।

भारत सरकारले निरन्तर अर्थतन्त्रलाई चलायमान बनाउन भन्दै सबै प्रतिबन्ध खुलाउँदै गएकाले भारतमा कोरोनाको संक्रमण झन् बढ्दै गएको हो । 

भारतमा सोमबार मात्रै ९० हजारभन्दा बढी संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ४२ लाख नाघेको छ । 

अहिलेकै दरमा संक्रमण बढ्दै जाने हो भने भारतले अर्को महिना अमेरिकालाई पनि उछिन्न सक्ने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन् । अमेरिकामा अहिले ६४ लाख ६४ हजार बढी संक्रमित छन् । 





  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार २१:०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया