नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सबै राष्ट्रिय खेलाडीको २०१९ को तलब बैंक खातामा पठाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले तलब पठाएपछि क्यानले खेलाडीको तलब बैंक खातामा पठाएको हो । उनीहरुको तलब प्रतिमहिना १० हजारका दरले बढेर आएको छ । २०२० को तलब भने आइसिसीले पठाएको छैन ।
क्यानले ग्रेड ए ,बी र सी श्रेणी गरी २२ जना खेलाडीहरुको रोकिएको तलब पठाएको हो ।
आइसिसीले २०१९ का लागि ए श्रेणीको मासिक ४५ हजार, बी श्रेणीको मासिक ३५ हजार र सी श्रेणीको मासिक २५ हजार रुपैयाँका दरले पठाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।