साँगामा खटिएका आठ सुरक्षाकर्मीमा कोरोना संक्रमण

उपत्यका प्रवेश गर्ने प्रमुख नाका साँगामा खटिएका आठ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । 

नाकामा खटिएका ८ जना सशस्त्र प्रहरीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय काभ्रेले जानकारी दिएको हो । 

सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालको टोली अस्थायी पोष्ट बनाएर साँगामा खटिएको छ । यसअघि भदौ १८ गते साँगामा नै खटिएका दुई सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

संघीय प्रहरी इकाई वाग्मतीका १९, जिल्ला प्रहरी कार्यलयमा कार्यरत ३ प्रहरी, नेपाली सेनाको शान्ति कार्य तालिम केन्द्रका ५ सहित ८ सैनिक र १० सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म जिल्लाका ४० सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । 





  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार १८:२३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया