कोरोना भाइरस आतंकका कारण हरेक क्षेत्र ठप्प रहेका वेला गीत–संगीतका म्युजिक भिडियो भने निरन्तर बजारमा आइरहेका छन् ।
यसैबीच धिताल फिल्मस् प्रालिको ब्यानरमा गायक दुर्गा लामिछाने र आशा बिसीको स्वरमा नयाँ दशैँ–तिहार गीत आएको छ ।
गायक दुर्गा स्वयंको शब्द रचना र सन्तोष सुवेदीको लयमा सार्वजनिक भएको गीतको म्युजिक भिडियो पनि राम्रो बनेको छ ।
म्युजिक भिडियोमा कृष्ण पन्त, आशा बिसी, सन्तोष सुबेदी, माया कुँवर, भगत शाह र बालकलाकारद्वय बिनिता लामिछाने बिबेक लामिछानेको अभिनय छ ।
होम धितालको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोलाई मरुभूमि नारायणले छायांकन गरेका छन् भने सम्पादन रोशन धितालले गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।