उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्न तीनै जिल्लाका सिडिओहरू भर्चुअल बैठकमा, निषेधाज्ञा सहज बनाइने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे थप छलफल गर्न अहिले तीनै जिल्लाका सिडिओहरू भर्चुअल बैठकमा छन् । निषेधाज्ञा अहिले पूर्ण रूपमा नहटे पनि खुकुलो बनाइने भएको छ ।

भदौ ३ गतेदेखि सुरु निषेधाज्ञा तेस्रो पटक गरी आज मध्यरातिदेखि सकिँदैछ । निषेधाज्ञाको २१ औं दिनसम्ममा खासै संक्रमण नरोकिएकाले निषेधाज्ञा खुकुलो बनाउँदै लैजान मंगलबार विभिन्न क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा समेत स्थानीय प्रशासनलाई सुझाव आएको छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप चौथो चरणमा केही परिमार्जन गर्ने सम्भावना रहेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । 

तर, पुनः सात दिन निषेधाज्ञा थपिने उनले जानकारी दिए । स्रोतका अनुसार सवारी साधनलाई जोर बिजोरका आधारमा सञ्चालन गर्ने, विभिन्न व्यवसायलाई बारका आधारमा खोल्न दिने गरी निषेधाज्ञा खुकुलो बनाइँदै छ ।

उनका अनुसार अहिले केके विषयमा सहज गर्ने भन्नेबारेमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठकमार्फत समन्वय भइरहेको छ । साँझसम्म त्यो सबै विवरण आउने उनले जनाए ।  

उपत्यकाका तीनवटै सिडिओले गृह मन्त्रालयसँग समन्वय गरी यसको निर्णय गर्नेछन् ।
 





  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार १२:२२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया