पाठ्यभार घटाएर शैक्षिक सत्र पूरा गर्ने तयारी

कोरोना भाइरसका कारण शैक्षिक सत्रमा अवरोध भएपछि विद्यालय शिक्षाको पाठ्यक्रम घटाउने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । संश्लेषणपछि पाठ्यभार घट्ने बताइएको छ ।
विद्यालय शिक्षाको पाठ्यक्रमलाई संश्लेषण गर्ने कार्यमा विषयगत समितिमा विज्ञहरूले काम गरिरहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले बताए । भदौभित्र यसको काम पूरा गरी संश्लेषित पाठ्यक्रम विद्यालय र शिक्षकसम्म पुर्याउने योजना रहेको उनको भनाइ छ ।


यस वर्षको शैक्षिक सत्रको झन्डै पाँच महिना बितिसकेकाले यस अवस्थामा पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन सम्भव छैन । विषयगत समितिले संश्लेषित पाठ्यक्रम तयार पारेपछि पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले त्यसलाई स्वीकृति दिनेछ । त्यसपछि संश्लेषित पाठ्यक्रम विद्यालयमा पुर्याइनेछ ।


कुन कक्षामा कति प्रतिशत पाठ्यक्रमको भार घटाउने भन्ने नीतिगत निर्णय गरिएको छैन । महानिर्देशक दाहालले विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित हुने गरी पाठ्यक्रम संश्लेषण गरिने जानकारी दिए । ‘माथिल्लो कक्षामा अध्ययन गर्नका लागि चाहिने न्यूनतम सिकाइ पुग्ने गरी पाठ्यक्रम संश्लेषण गरिनेछ,’ उनले भने । 
केन्द्रले विद्यालय तहसम्मको अनिवार्य तथा धेरै विद्यार्थी अध्ययन गर्ने विषयको पाठ्यक्रम संश्लेषण गर्नेछ । केन्द्रमा विद्यालय तहका तीन दर्जनभन्दा बढी विषयगत समिति छन् तर पनि हाल अनिवार्य विषय र धेरै विद्यार्थी अध्ययन गर्ने ऐच्छिक विषयलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको जनाइएको छ ।





  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार १४:५८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया