पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठ भन्छन्: भारतसँगको सन् १९५० को सन्धि खारेज गर्नैपर्छ

पूर्वपरराष्ट्रमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल–भारतबीचको सन् १९५० को सन्धि खारेज गर्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल–भारत सम्बन्धबारे आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले सन् १९५० को सन्धि असमान रहेकाले खारेज गरेर नयाँ सन्धि ल्याउनुपर्ने बताएका हुन् ।

सन् १९५० को सन्धि असमान र अपमानजनक रहेको भन्दै उनले त्यो सन्धि खारेज गरेर नयाँ सन्धि गर्नुपर्ने बताएका हुन् । श्रेष्ठले भने, ‘नेपाललाई भारतको सुरक्षा छाता राख्ने प्रावधान समेत छन् । भारतले यो सन्धिबाट भाग्न मिल्दैन ।’

सीमाका विषयमा राजनीतिक र कूटनीतिक माध्यमबाट वार्ता गर्नुपर्ने उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले भारतसँग सीमा विवादका विषयमा चाँडै वार्ता गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘भारतले विश्व जगतलाई देखाउनका लागि नेपालसँग वार्तामा बस्नैपर्छ ।’

भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरिसकेको स्मरण गर्दै उनले नेपाल प्रमाणसहित भारतसँग वार्ता गर्न तयार रहेको बताए ।
 





  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार १६:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया