बुधबार अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरी गराएको बम विस्फोटमा परी कम्तीमा १० जनाको ज्यान गएको छ ।
राजधानी काबुलमा उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरेर गराएको आत्मघाती बम विस्फोटमा परी सालेह र एक अफगानिस्तानको पूर्वगुप्तचर सेवा प्रमुखलाई सामान्य चोट लागेको बिबिसीले जनाएको छ ।
ज्यान गुमाउने र घाइते हुनेहरुमा उपराष्ट्रपति सालेहका अङ्गरक्षकहरु पनि रहेका खबरमा उल्लेख छ । यद्यपि, सालेहका छोराले गाडीमा भएका सबैजना सुरक्षित रहन सफल भएको बताएका छन् ।
स्थानीय समयअनुसार बुधबार विहान साढे सात बजे विस्फोटन भएको थियो । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको र थप अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।
सालेह तालिबानका मुख्य विरोधीको रूपमा चिनिन्छन् । तर, तालिबानले भने आफूले बम विस्फोट नगराएको दाबी गरेको छ ।
अफगानिस्तानका अधिकारी र तालिबानले पहिलो औपचारिक वार्ता सुरु गर्न तयारी गरिरहेको बेला बम विस्फोट भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।